'सुदूर पश्चिमको आर्थिक विकासको सहयात्री'

News & Updates
कञ्चन डेभलप्मेन्ट बैंक यहाँ हरुको हार्दिक स्वागत गर्दछ

महाकाली अञ्चल कञ्चनपुर जिल्ला को सदरमुकाम भीमदत्त नगरपालिकामा प्रधान कार्यालय रहने गरी स्थापित यस विकास बैंक ले बैंक तथा वित्तिय सस्था सम्वन्धी ऐन २०६३ अर्न्तगत नेपाल राष्ट वैंक बाट 'ख' वर्ग को विकास बैंक को रुपमा कारोबार संचालन गर्ने गरी ईजाजत पत्र प्राप्त गरी यही २०६६ असोज देखी कारोवार संचालन गर्दै आएको छ। स्थानीय श्रोत र साधनलाई परीचालन गरी यस बैंकको कार्यक्षेत्र भित्र बसोबास गर्ने व्यक्ति, संघ सस्थाहरु माझ सहज बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले यस क्षेत्रका प्रतिष्ठित उद्योगपति, व्यवसायी, पूर्व प्रशासकहरु बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका पुर्व व्यवस्थापकहरु तथा समाजमा प्रतिष्ठीत अन्य व्यक्तिहरु द्वारा स्थापना गरीएको क्षेत्रीय विकास बैंक हो। निकट भविष्यमै बैंक कैलाली जिल्लाको धनगढी नगरपालिका र डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा शाखा स्थापना गर्ने योजना सहित यस विकास बैंकले सुदुरपश्चिमको प्रतिनिधि बैंकको रुपमा स्थापितभै उक्त क्षेत्रबाट संकलित निक्षेपलाई सोही क्षेत्रको औद्योगिक ,व्यापारिक तथा अन्य आर्थिक विकासमा लगानी गर्ने प्रमुख लक्ष्य राखेको छ।